युवा उद्यमी मञ्च पोखराले भूकम्प पीडितका लागि २ लाख पठायो
पाेखरा | कात्तिक २१, २०८०
पोखरा: युवा उद्यमी मञ्च पोखराले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रवाभित क्षेत्रका लागि आर्थिक सहयोग पठाएको छ ।
गत १७ गते शुक्रबार राति गएको भूकम्पद्वारा प्रभावित क्षेत्रका लागि गण्डकी सरकारमार्फत आर्थिक सहयोग पठाएको हो ।
साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा उद्यमी मञ्चका अध्यक्ष निरज केसी लगायतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेलाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै केसीले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित आर्थिक सहयोग गरेको बताएका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले मञ्चले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

