युवा उद्यमी मञ्च पोखराले भूकम्प पीडितका लागि २ लाख पठायो

पाेखरा | कात्तिक २१, २०८०

युवा उद्यमी मञ्च पोखराले भूकम्प पीडितका लागि २ लाख पठायो

पोखरा:    युवा उद्यमी मञ्च पोखराले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रवाभित क्षेत्रका लागि आर्थिक सहयोग पठाएको छ ।

 

गत १७ गते शुक्रबार राति गएको भूकम्पद्वारा प्रभावित क्षेत्रका लागि गण्डकी सरकारमार्फत आर्थिक सहयोग पठाएको हो ।

 

साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा उद्यमी मञ्चका अध्यक्ष निरज केसी लगायतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेलाई हस्तान्तरण गरे । 

 

सो अवसरमा बोल्दै केसीले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित आर्थिक सहयोग गरेको बताएका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले मञ्चले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । 
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्